विभिन्न मुद्दाका २० जना फरार प्रतिवादी पक्राउ

२०८१ पुष २४ गते बुधवार
सारांश
  • जिल्ला प्रहरी कार्यलय तथा मातहतबाट खटिएको टोलिले खोज तलास गरि पक्राउ गरेको हो ।

रौतहट : रौतहट प्रहरीले अदालतबाट  कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यलय तथा मातहतबाट खटिएको टोलिले खोज तलास गरि पक्राउ गरेको हो । रौतहट प्रहरी निरीक्षक राम कुमार महतोका अनुसार यहि पुस २३ गते
अदालतको फैसला  कार्यान्वयन अन्तर्गत फरार प्रतिवादीलाई पक्राउ गरि आवश्यक कारबाहीका लागी रौतहट जिल्ला अदालतमा पठाइएको छ । 


पक्राउ पर्नेमा जालसाजी मुद्दाका अभियुक्त धेरै रहेको उनले जानकारी दिए ।जालसाजी मुद्दामा हुलास दास तत्मा , दीपलाल दास, जयलाल दास तत्मा , अखिलेन्द्र कुमार , सुखलाल महरा , फेकु महरा चमार , प्रेमचन्द्र महरा चमार, दशरथ दास तत्मा, शिव दास तत्मा, सुनरपतिया तात्मिनी र बिजयदास तत्मा रहेको उनले बताए ।

 

 लेनदेन मुद्दाका आरोपी राम प्रवेश साह तेलि र राज कुमार साहलाइ पक्राउ गरिएको प्रहरी निरीक्षक महतोले जानकारी दिए । कुटपिटमा बेनी राय , टैट राय चोरीमा हरि शंकर राय यादव चोरी तथा डाँकामा हरि शंकर राय यादव , सवारी ज्यान मा जितेन्द्र प्रसाद जयसवाल र बिगोमा गौरी शंकर साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । 


उनीहरु सँग कैद तथा जरिवाना सजाय तोकिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार